तुलसीपुर, २२ असोज । नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले मानिसको जन्म र मृत्यु प्रकृतिको नियम भएको बताउनु भएको छ । नेकपा एमाले तुलसीपुर ४ को वडा कमिटिले शनिवार खाद्रेमा आयोजना गरेको श्रद्धान्जली सभा कार्यक्रमलाई सम्वोधन गर्दै उहाले हरेक मानिस जन्मपश्चात मृत्यु अनिवार्य भएकाले शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुभयो ।वडा कमिटिले पाटीको टोल कमिटिका सचिव तिर्थराज घर्ति, मोहन घर्ति र तिलक घर्तिकी ममतामयी आमा मनकला घर्तिको ७६ बर्षको उमेरमा भएको दुखद् निधनको शनिवार १३ औँ दिनको पुण्यतिथिको अवसर पारी आयोजना गरेको श्रद्धान्जली सभा कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको पाण्डेले स्वर्गीय मनकला घर्तिको पाटी प्रतिको योगदान चर्चा गर्दै उहाका अधुरा सपनालाई पुरा गर्न घरपरिवार संगै पाटी पंक्ति लाग्नु पर्ने बताउनु भयो ।
वडा कमिटिका अध्यक्ष घन बहादुुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख समेत रहनु भएको पाण्डेले बृद्ध बाआमालाई सम्मान गर्ने पाटी एमाले भएको बताउनुभयो ।विगतमा जेष्ठ नागरिक तथा बृद्ध बाआमालाई समाजमा अपहेलना गर्ने प्रबृत्ति भएकोमा एमालेका तत्कालिन मनमोहन अधिकारीको पालामा जेष्ठ नागरिकलाई सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरे संगै जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमै परिवर्तन आएको उहाले बताउनुभयो । हिजो अपहेलना गर्ने बाआमालाई अहिले छोराछोरीले माया गर्ने परिपाटीको विकास भएको उहाले बताउनुभयो ।
सोहि अनुसार भत्ता बृद्धि हुदै अहिले मासीक चार हजार पुगेको छ उहाले भन्नुभयो,केपी ओपी नेतृत्वको सरकार नढलेको भए मासीक पाँच हजार हुने थियो ।सो अवसरमा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा वडा ईन्चार्ज बालकृष्ण राना(धुव्र) र जिल्ला कमिटि सल्लाहकार होम बहादुर थापा लगाएतले श्रद्धान्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा स्वर्गिय मनकला घर्तिका जेष्ठ सुपुत्र मोहन घर्ति र कान्छा सुपुत्र तिर्थराज घर्तिले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण लक्ष्मण विश्वकर्माले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।