२०८३ कार्तिक १२ गते बिहिवार

बसपार्कलाई व्यवस्थित र सुरक्षित बनाउन माग

तुलसीपुर, २३ भदौ । तुलसीपुरको नमुना आधुनिक बसपार्कलाई व्यवस्थित र सुरक्षित बनाउन सराकोरवालाहरुले माग गरेका छन् । तुलसीपुरको नयाँ बसपार्कलाई नमुना बसपार्क भने पनि सोचे अनुरुप व्यवस्थित र सुरक्षित हुन नसकेको उनीहरुले गुनासो गरेका छन् । विहिवार विहान तुलसीपुरको बसपार्कमा आयोजित छलफल कार्यक्रममा सरोकारलावाहरुले यस्तो माग गरेका छन् । बसपार्कमा यात्रुमैत्री व्यवहार नभएको ,असुरक्षित तथा कुरुप बन्दै गएको भन्दै उनीहरुले साच्चिकै नमुना बसपार्क बनाउनु पर्नेमा जोड दिएका छन ।

सो अवसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी पुस्पराज मल्लले बसपार्कलाई सरसफाई देखी यात्रुमैत्री व्यवहार गर्नु यातायात व्यवसायी र मजदुरहरुको पनि दायीत्व भएको बताउनुभयो । उहाले सामान्य कुराहरुलाई सुधार गर्न सके बसपार्क आफै नमुना बन्ने भन्दै उहाले राज्यको मात्रै मुख ताक्नु भन्दा स्वयंम आफुहरु पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

साथै उहाले बसपार्कमा यात्रु तानातान गर्ने कार्यलाई तत्काल रोक्नु पर्ने बताउनुभयो । यसले गलत सन्देश दिने र स्वतन्त्र रुपमा यात्रुहरुले यातायात सेवा लिन पाउनु पर्ने बताउदै यस्तो कार्य सुधार नभए कानुनी कारवाही अघि बढाउने उहाले चेतावनी दिनुभयो ।तुलसीपुर ट्राफिक प्रहरी प्रमुख उत्तम जिसी र तुलसीपुर कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले बसपार्कलाई व्यवस्थित बनाउन स्थानिय सरकार मात्रै नभएर सबै सरोकारवालाको दायीत्व भएको बताउनुभयो । सो अवसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीले बसपार्कलाई व्यवस्थित बनाउन विधि र पद्धतीलाई प्रभावकारी कार्यन्वयन गर्नुपर्ने बताउनुभयो ।

स्थानिय सरकार तुलसीपुर उपमहहानगरपालिकाले आधुनिक बसपार्क निर्माण गरे पनि सन्चालन र व्यवस्थापन गर्ने विषय फितलो हुदा समस्या भएको उहाले बताउनुभयो । यस्तै संगठनका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीले यातायात व्यवसायी एकजुट नहुदा अस्वस्थ्य प्रतिस्प्रर्धाका कारण यात्रुहरुले सहज रुपमा लिन नपाएको बताउनुभयो ।यसका लागी विगत देखी नै आफुहरुले यातायात मजदुरहरुको आनीबानी सुधार गर्न, दुर्घटना न्युनीकरणका लागी ट्राफिक सचेतना, सरसफाई अभियान जस्ता कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । तर पनि खासै परिवर्तन हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, अखिल क्रान्तीकारी यातायात मजदुरका घनश्याम डाँगी, राज यातायात प्रालिका अध्यक्ष गणेश आश्रि,सरसफाई अभियानकर्मी निम बहादुर बुढाथोकी र बसपार्क व्यवस्थापनका ठेकेदार भिम बुढाथोकी लगाएतले बसपार्कलाई व्यवस्थित र सुरक्षित बनाउनु पर्नेमा जोड दिनुभयो ।त्रिशिद्धेश्वरी यातायात सेवा प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यत्रक्रमको सहजीकरण रिपोटस् क्लब दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।