तुलसीपुर,१३ भदौ । निरन्तरको वर्षातका कारण पहिरोले अवरुद्ध राप्ती राजमार्ग सुचारु भएको छ । बिहान करिब तीन बजेतिर दाङ सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर ३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको थियो । पहिरो हटाएपछि बिहान साढे ११ बजेदेखि सडक सुचारु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अवरुद्ध सकड खुलाउनका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टाली,दुई वटा जेसीबी र स्थानियको सहयोगमा सडक सुचारु भएको प्रहरीले बताएको छ । निर्माणाधिन दाङ सल्यान सडक खण्ड वर्षातको समयमा अवरुद्ध हुने गरेको छ ।
प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।