२०८३ कार्तिक १२ गते बिहिवार

तीज पर्वको अवसरमा सिसहनियाँ बजार सरसफाई

फाईल फोटो

सिसहनियाँ ११ भदौ । हिन्दु नारीहरूको महान् चार्ड हरितालिका तीजको अवसरमा शनिबार सिसहनियाँ बजार सरसफाई गरिएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा बजार सरसफाई गरिएको हो । बजारलाई सफा, स्वच्छ बनाउन बजार सरसफाई गरिएको संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिएका छन् । पछिल्लो समय बजारमा फोहोर बढेको र सरसफाईमा व्यापारीहरूले ध्यान नदिएपछि सामुहिक सरसफाई गरिएको संघका अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् । सरसफाई कार्यक्रममा संघका पदाधिकारी, व्यापारी, प्रहरी, पत्रकारको सहभागीता रहेको थियोे ।

संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अगुवाईमा भएको सरसफाई कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का निर्वतमान वडा अध्यक्ष गोवर्धन रावत, संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, सचिव मदन पोख्रेल, संस्थापक महासचिव ठाकुरप्रसाद सुवेदी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी वरिष्ठ हवल्दार सुमन थापा, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतको विशेष सहभागीता रहेको थियोे ।

प्रकाशित मिति : २०७९ भाद्र ११ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।