तुलसीपुर, १९ साउन । अर्कालाई फसाउनका लागि बुनेको बलात्कारको जालोमा तुलसीपुरका एक पुरुष आफै परेका छन् । जेलमा रहेका युवतीका प्रेमिलाई छुटाईदिने भन्दै तनहुँको व्यास नगरपालिका–२ निबासी २१ बर्षकी युवतीलाई दाङको तुलसीपुर बोलाएर बलात्कार पश्चात अर्कै युवकका नाममा जाहेरी दिन लगाउँदा घटनाको रहस्य खुलेको हो ।
तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुटी घर भई हाल बेलुवामा बस्दै आउनुभएका विष्णु शर्माले तुलसीपुरको बसपार्क स्थित कालीमाटी होटल एण्ड लजमा बलात्कार गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखत शाहीले जानकारी दिनुभयो । विष्णु अहिले भागेको प्रहरीले बताएको छ ।
चितवन कारागारमा बन्दीजीवन बिताइरहेका युवतीका प्रेमि सुमन शाही ठकुरीलाई छुटाई दिने आस्वासन दिएर शर्माले युवतीलाई तुलसीपुरमा बोलाएको प्रहरीले बताएको छ । युवती उनै ठकुरीको घरमा बस्दै आएकी थिइन् । युवती ठकुरीले चिनेका साथी बाँकेको नेपालगञ्ज कारागारमा बन्दी जीवन बिताउँदै आएका नासिर अहमदको सम्पर्कबाट तुलसीपुर आइपुगेको बुझीएको छ ।
नासिरले आफुले दिएको सामान दाङमा पु¥याईदिएमा पैसा पाउने र त्यहि पैसा लिएर पे्रमिलाई छुटाउन सकिने आशा देखाएर युवतीलाई विष्णुसंग सम्पर्क गराईदिएको बुझीएको छ । पाकिस्तान घर भएका नासिरले भनेबमोजिम भारतको उत्तराखण्डमा बस्ने जमिल अहमदको पहिचान खुल्ने आधार कार्ड लिएर आएकी युवतीलाई १२ गते राति बलात्कार गरेर भोलिपल्ट सोही व्यक्तिका नाममा जाहेरी दिन दबाब दिएपछि घटना बाहिर आएको हो । प्रहरीका अनुसार विष्णु विभिन्न अपराधमा जेल बसेर गणतन्त्र दिवसमा आममाफी पाएर केहि समय अघि निस्केका थिए । तुलसीपुर प्रहरीले दाङमा यो पहिलो घटना भएको र अपराधको नयाँ तरीका भएको बताएको छ ।
घटनाको विस्तृत नालीबेली थाहा पाउन तल अडियो क्लिक गर्नुहोस ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।