२०८३ कार्तिक १२ गते बिहिवार

आज साउन १५, खिर खाएर मनाईँदै

तुलसीपुर, १५ साउन । आज साउन १५ अर्थात् खिर खाने दिन । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने परम्परा नेपाली समाजमा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले बताउनुभयो ।

उहाँका अनुसार संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ । चामल, सावदाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।