२०८३ कार्तिक १२ गते बिहिवार

जन्मदिनको अवसरमा खाद्य सामग्री वितरण

 तुलसीपुर,  २७ असार /   ५१औं जन् दिनको अवसरमा केशव राज सापटकोटाले मानव सेवा आश्रम तुलसीपुरमा सोमबार खाद्य सामग्री वितरण गर्नु भएको छ । चामल, दाल, तरकारी, साबुन तथा दैनिक प्रयोगहुने उपभोग्य वस्तु लगायतको खाद्य सामग्री वितरण गर्नु भयको थियो । मानव सेवाका लागि स्थापना गरिएको आश्रममा बस्नेहरुको जीवनमा सहज आउने भएकाले सामग्री वितरण गरिएको केशवराज सापकोटाले बताउनु भयो ।

सडक पेटीमा वस्ने, मागेर खाने, मानसिक सन्तुलन गुमाएका गरिब तथा अशक्त, बेसाहरा व्यक्तिहरुको संरक्षणका लागि मानव सेवाले देखायको बाटो सह्रानिय भएको सापकोटाले बताउनु भयो । सापकोटा अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तुलसीपुर ३,८र ९ को उपाध्यक्ष र नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष र विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । कार्याक्रमा यातायात व्यवसायी प्रकाश भट्ट, समाजसेवी दिनेश डाँगी, श्रीमती कान्छी सापकोटा, नातीनी बुनु सापकोटा लगायको उपस्थिमा सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।