दाङ, २७ असार– महेन्द्र बहुमुखी क्याम्पस दाङको जनसंख्या अध्ययन बिभाग र नेपाल परिबार नियोजन संघ दाङ शाखाको संयुक्त आयोजनामा आज क्याम्पस परिसर सरसफाई तथा अन्तक्र्रिया कार्यक्रम गरी बिश्व जनसंख्या दिवस मनाइएको छ ।
क्याम्पस प्रमुख सह प्राध्यापक भरतराज न्यौपानेको प्रभुख आतिथ्यतामा भएको कार्यक्रममा सह प्राध्यापक कृष्ण पौडेल, उपप्राध्यापक सुदर्शन रिजाल तथा नेपाल परिबार नियोजन संघ दाङका शाखा प्रमुख बसन्त खनाल, सहायक क्याम्पस प्रमुख मनोज चौधरी लगायतले बिश्व जनसंख्या दिवसको नारा, यस दिवसको महत्व तथा जनसंख्याका बर्तमान सवालहरुका बारेमा बिषयगत मन्तव्य राख्नुभएको थियो ।
जनसंख्या बिभागका उपप्राध्यापक तिर्थराज न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रमको सञ्चालन उपप्राध्यपक पुस्कर कुमार खड्काले सञ्चालनगर्नुभएको थियो ।
क्याम्पसमा मानबिकी तथा शिक्षा सास्त्र संकायका एक सय वढी बिद्यार्थीहरुको उपस्थितिमा अन्तक्र्रिया कार्यक्रम सम्पन्नभएको थियो । अन्तक्र्रिया कार्यक्रम अघि क्याम्पसका बिद्यार्थीहरुले मानबिकी तथा शिक्षा सास्त्रभवन अगाडीको परिसरमा सरसफाई गरेकाथिए । सरसफाई कार्यक्रमकालागि घोराही उपमहानगरपालिकाको वातावरण शाखाले सरसफाई ग्लोभ्स उपलव्ध गराएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।