तुलसीपुर असार १४ । कतै ¥याली,कतै सभा र कतै अन्तक्रिया कार्यक्रम आयोजना गरेर अन्तर्राष्ट्रिय लागु औषध ओसार पसार विरुद्धको दिवस मनाइयो । तर तुलसीपुर ६मा रहेको लक्ष्यदीप एकेडेमीले भने फरक तरिकाले दिवस मनाएको छ । विद्यालयले तुलसीपुर १९मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रमा पुगेर लागु पदार्थ दुर्व्यसनी उपचारार्थीहरुसंगै रहेर दिवसमा मनाएका छन् । उनीहरुले कसरी दूव्र्यशनीमा फस्दछन् भन्ने विषयमा अनुभवसहित ज्ञान हासिल गर्न पाएका हुन् । दुर्व्यसनीमा फसेकाहरुलाई समाजले हेर्ने दृष्टिकोण, समाजमा पुर्नस्थापना, यसबाट टाढा रहने विषय र अभिभावकहरुलाई दिनुपर्ने शिक्षाका बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो ।
विद्यालयका कक्षा ६देखि दशसम्मका एक सय २५ जना विद्यार्थीहरुले प्रत्यक्षरुपमा उपचारार्थीहरु,मनोविमर्शकर्तासंग रहेर जानकारी हासिल गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षकहरु सुदीप केसी,विज्ञान भण्डारी,झरना केसी,विपाशा विष्ट, अरुण गुप्ता प्रभात देवकोटा लगायतको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई मनोविमर्शकर्ता शैलेश शर्माले लागु पदार्थ दुव्र्यशनीबाट बच्ने उपायका विषयमा जानकारी गराउनुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।