२०८३ कार्तिक १२ गते बिहिवार

आमाको सम्झनामा मानव सेवा आश्रममा खाद्यन्न सहयोग

तुलसीपुर, १४ असार । तुलसीपुरका एक व्यवसायीले स्वर्गीय आमाको सम्झनामा तुलसीपुरमा रहेको मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेका छन् । माउन्ट भ्यू होटलका प्रोपाइटर विष्णु कुमार पुनले स्वर्गीय आमा तिला कुमारी पुनको ११ औं बार्षिक तीथिका अवसरमा चामल, दाल, तेल र केहि सरसफाईका सामान सहयोग गर्नुभएको हो ।

केहि नुहुने र कोहि नहुनेलाई सहयोग गर्नु पाउनु आफैमा राम्रो काम भएको भन्दै पुनले सहयोग गरेकोमा आश्रमलाई धन्यवाद समेत दिनुभयो ।

जोगेन्द्र पुनको अध्यक्षतामा भएको खाद्यन्न वितरण कार्यक्रममा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, व्यवसायीहरु नेत्र वली, गोरख वली, टेकबहादुर केसी, इन्द्रबहादुर बस्नेतले आश्रममा रहेका सहारा बिहीन, अशक्तहकरो स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।