तुलसीपुर ७ असार । तुलसीपुर उपमहानगरपालिका नगर प्रक्ता माधव वलीले कुनै पनि स्वास्थ्यकर्मी या कर्मचारीलाई सेवाबाट नहटाएको बताउनु भएको छ । स्वास्थ्कर्मीले आफुहरुलाई सेवाबाट हटाएको भन्दै उपमहानगरमा धर्ना दिएको केहि घन्टा वित्न नपाउँदै प्रवक्ता वलीको यस्तो प्रतिकृया आएको हो ।
स्वास्थ्य महाशाखाले उठाएको टिप्पणीका आधारमा प्रमुख प्रशासकीय अधिकृत मार्फत चिठ्ठी गएर अस्पतालका मेसु प्रकाश साहुले कार्यान्वयन गर्न खोज्दा केहि समस्या भएको भन्दै आधिकारीक रुपमा कुनै ठौस निर्णय नभएको वलीले बताउनुभयो । कोभिड महामारीको बेला आफु पनि जनप्रतिनिधि भएर जनताको सेवामा रातदिन खटेको र त्यतिबेलाको कहाली लाग्दो अवस्थाको विषयमा राम्रो ज्ञान भएकाले संकटको घडिमा साथ दिने स्वास्थ्यकर्मी वा अन्य कुनै कर्मचारीलाई अहिले नै हटाईहल्नु त्यति उपयुक्त नभएको प्रवक्ता वलीले बताउनुभयो ।
‘भुल बस चिठ्ठी उता गयो । स्वास्थ्य महाशाखाले टिप्पणी उठाएर एजेण्डाका रुपमा कार्यपालिकामा पठाउनु पथ्र्यो । कुनै विषयमा निर्णय गर्ने अन्तिम अधिकार कार्यपालिका बैठकलाई हुन्छ । कार्यपालिका बैठकले गरेको निर्णय बिना गएका चिठ्ठी चपेटाको कुनै अर्थ हुँदैन । उहाँहरु यदि घर बस्नु भएको छ भने भोलीबाटै काममा फर्किन सक्नुहुन्छ ।’ प्रवक्ता वलीले भन्नुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।