तुलसीपुर, ६ जेठ । तुलसीपुरको मतगणना स्थलमा प्रत्रकारहरुले धर्ना दिएका छन् । आम नागरिकको चासो र सरोकारको विषय रहेको मत परिणामको विषयमा निर्वाचन अधिकृतले समयमै जानकारी नदिएको भन्दै पत्रकारहरुले मत गणना भइरहेको स्थल उच्च सरकारी वकीलको कार्यालयको गेटमा धर्ना दिएको रेडियो प्रकृति एफएमका निमित्त समाचार प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो । मत गणना र परिणामको विषयमा नागरिकले प्रत्येक घण्टामा जान्न पाउनुपर्ने सूचनाको हकलाई कुण्ठित गरेर निर्वाचन अधिकृतको कार्यालयले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा उनिहरु धर्नामा बसको हुन । मतगणना स्थलमा भइरहेको वास्तविक खबरलाई जनता माझमा सम्प्रेषण गर्ने उद्देश्यले पत्रकाहरु सुरुका दिनदेखि पत्रकारहरु संचार डेक्सक स्थापना गरेर बसेका छन् । यद्यपी उनिहरुलाई सूचना पाउन निक्कै कठिन र सकस छ । ‘रातिमा मतपरिणाम इन्ट्री गर्ने कर्मचारी हुँदैन् । दिउँसोमा पनि २÷३ घन्टा भन्दा अगाडी सूचना आउँदैन । त्यो पनि निरन्तर रुपमा पैरबी गर्नुपर्छ । यहाँको व्यवस्थापन पक्ष निकै फितलो र लापरबाहीपूर्ण छ । नतिजा सुन्न नागरिकहरु चर्को घाम र रातभर सडकमा छन् तर निर्वाचन अधिकृतलाई कुनै मतलव छैन ।’ निमित्त समाचार प्रमुख विश्वकर्माले भन्नुभयो । यता निर्वाचन अधिकृतको पत्रकारहरुलाई सूचना दिइरहेको बताएको छ ।
‘मत गणनापछि रुजु गर्नुपर्छ । जोड्नुपर्छ । त्यसपछि दलहरुलाई हस्ताक्षर गराउनुपर्छ । कम्प्युटरमा टाइप गर्नुपर्छ । त्यसपछि हार्डकपी र टाइप गरेको रुजु गर्नुपर्छ । अनि घोषणा गरेर बल्ल बाहिर दिनुपर्छ । हतार गरेर सूचना दिदा एकमतको फरक भयो भने त्यसले ठूलो विवाद निम्त्याउँछ ।’ यतिका गर्दा सम्म करिब ३ घन्टाजति लाग्छ । ’ साहयक निर्वाचन अधिकृत ढकबहादुर रावतले भन्नुभयो । शान्तिपूर्ण रुपमा मत गणना कार्य सम्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक रहेको भन्दे साहयक निर्वाचन अधिकृत रावतले प्रयाप्त कर्मचारी र दक्षजनशक्ति नहुँदा केहि कठिनाई र समस्या भएको बताउनुभयो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।