फाईल फोटो
तुलसीपुर,३० बैशाख । स्थानीय तह निर्वाचन संगै दाङको तुलसीपुर बजार सुनसान बनेको छ । निर्वाचनका लागि मतदाताहरु आ–आफ्नो मतदान स्थल मतदान गर्न गएपछि बजार पुर्णरुपमा बन्द रहेको हो । अन्य दिन मान्छेको चहलपहल भएको पाइए पनि आज शुक्रवार निर्वाचनको दिन भने मुख्य बजार क्षेत्र र मान्छेको चहलपहल संख्या शुन्य रहेको छ ।
यसअघि विभिन्न उपभोग्य सामाग्री किनमेल गर्ने उपभोक्ताको संख्या निकै उल्लेख्य भए पनि शुक्रवार यहाँको बजार सुनसान रहेको छ । दैनिक ब्यवसाय हुने खाद्यान्न,तरकारी,फलफुल,फेन्सी,किराना पसल लगाए सबै पुर्णरुपमा बन्द रहेको पाइएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले सार्वजनिक यातायात पनि बन्द गरेको छ । निर्वाचनका दिन अत्यावश्यक सवारीका साधन बाहेक अन्य सार्वजनिक सवारी साधनमा पुर्ण रुपले रोक लगाइएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।