तुलसीपुर, १७ बैशाख । स्वतन्त्रबाट तुलसीपुर उपमहानगरपालिका उपमेयरको उम्मेदवार खेमराज वलीले निर्वाचनमा विजयी भएमा कुनै सरकारी सेवा सुविधा नलिने बताउनु भएको छ ।
१४ बर्षसम्म खानेपानीको नेतृत्व गर्दा तलब नलिएर जनताको काम गरेको अनुभव आफुसंग भएकाले तुलसीपुर उपमहानगरपालिकाबाट प्राप्त हुने तलबभत्ता, गाडी, आवास लगाएतका कुनै पनि सेवा सुविधा नलिने वलीले बताउनुभयो ।
‘मैले चौधबर्ष तुलसीपुर खानेपानीमा काम गर्दा तलब लिएन । जनताको काम मोटरसाईकलमा चढेर पनि गर्न सकिन्छ । गाडी, इन्धन खर्च, ड्राइभरको तलब भत्तामा लाग्ने अर्खचलाई गरिब दिनदुःखीको हितमा काम गर्न सकिन्छ ।’ उपमेयरका उम्मेदवार वलीले भन्नुभयो । विगतमा खानेपानीको क्षेत्रमा राम्रो काम गरेको जनतामा छाप बसेकाले उहाँहरुले आफुलाई नभुल्ने वलीले बताउनुभयो ।
प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।