२०८३ कार्तिक १२ गते बिहिवार

सन् २०२५ सम्ममा औलो निवारण गर्ने लक्ष्य

काठमाडौं १२ बैशाख । आज विश्व औलो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’भन्ने नाराका साथ यस वर्षको औलो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले पनि सोही दिन यो दिवस मनाउँदै आएको छ।नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व औलो दिवसको अवसरमा हिजो आयोजना गरेको कार्यक्रममा सन् २०२२ सम्म नेपालमा औलोलाई शून्यमा झार्ने र सन् २०२५ सम्ममा औलो नियन्त्रा गर्ने लक्ष्य रहेको बताएको छ ।महाशाखाका निर्देशक डा. चुमनलाले दासले औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने भएकाले सतर्क रहन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।