२०८३ असार ११ गते बिहिवार

उपभोक्ता हित संरक्षण मन्चको केन्द्रिय उपाध्यक्षमा शर्मा

तुलसीपुर, २७ चैत । उपभोक्ता हित संरक्षण मंन्च नेपालको केन्द्रिय उपाध्यक्षमा पुन दाङका केशब कुमार शर्मा निर्वाचित हुनु भएको छ । काठमाण्डौमा शनिवार सम्पन्न २४ औँ बार्षिक साधारणसभा तथा अधिवेशनले शर्मालाई पुन उपाध्यक्षमा निर्वाचित गरेको हो । तुलसीपुर निवासी शर्मा यस अघि पनि केन्द्रिय उपाध्यक्ष तथा दाङका संयोजक हुनुहुन्थ्यो । अधिवेशनले केन्द्रिय अध्यक्षमा पनि पुन ज्योती बाँनियालाई चयन गरेको छ । बाँनियाको अध्यक्षतामा २१ सदस्यिय कार्यसमिति चयन गरिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया