२०८३ कार्तिक १२ गते बिहिवार

नेपाल दुरसञ्चार प्राधिकरणद्धारा सिमकार्ड बिक्री वितरणमा कडाइ

फाईल फोटो

काठमाण्डौ,२४ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले बिहीवार सूचना जारी गरी निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेको भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र बिक्री वितरण भनिएको हो । यस्तै‚ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड÷रिमकार्ड खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ । निर्देशन बमोजिम सिमकार्ड तथा रिमकार्ड खरिद बिक्री नभएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।