तुलसीपुर, १७ चैत्र । राष्ट्रिय सभाका निवर्तमान सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओलीले पतंजलि योग समितिले उत्कृष्ठ समाज निर्माण गर्ने कार्यमा सह्रानीय योगदान पुर्याएको बताउनु भएको छ ।
पतंजली योग निवारण केन्द्र तुलसीपुरमा संचालित स्वास्थ्य शिविरको बिहीबार सुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो । पछिल्लो समय फेरिदै गएको जीवन शैलीका कारण विभिन्न स्वास्थ्य समस्याहरु देखापर्दै गइरहेका बेला योगा संचालन गरेर नागरिकलाई निरोगी बनाउने कार्यमा निरन्तर लाग्नु पतंजलीको प्रसंशनीय काम भएको केन्द्रिय सदस्य ओलीले बताउनुभयो ।
प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।