तुलसीपुर, ६ माघ । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा आजदेखि एष्ट्राजेनिका खोप लगाउन सुरु गरिएको छ । मंसिर ६ र ७ गते खोप लगाएकाहरुका लागि दोस्रो मात्राको डोज एष्ट्राजेनिका खोप लगाउन सुरु गरिएको हो ।
यो खोप १९ वटै वडाका २२ वटा स्वास्थ्य संस्थाबाट आज र भोलि लगाइने तुलसीपुर उपमहानगरपालिका कोभिड फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । दिनको ११ बजेबाट ३ बजेसम्म सबै स्वास्थ्य संस्थाबाट खोप लगाइने छ । कति पनि खोप नलगाएका १८ बर्षमाथिकालाई भने आइतबार एष्ट्राजेनिका कोभिड सिल लगाइने भएको छ । पहिलो चरणमा १२ हजार ८ सय जनाले यो खोप लगाएका थिए ।
प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।