२०८३ मङ्सिर ९ गते बुधवार

प्रहरीले भन्यो ‘तुलसीपुर महोत्सवमा कुनै घटना भएको छैन’

तुलसीपुर, १० पुष । ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर महोत्सवमा कुनै खालको घटना नभएको बताएको छ । मोत्सवमा अत्याधिक भिडका कारण बालबालिकाको मृत्यु भएको भन्ने हल्ला आइरहेका बेला प्रहरीको यस्तो प्रतिकृया आएको हो । महोत्सव स्थलमा प्रवेशका लागि हिड्दै गर्दा अत्याधिक भिडका कारण ३ जना बालबालिका निसास्सीएको जस्तो गरेपछि केहि समय खुल्ला ठाउँमा राखेर आफन्तको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

कुनै खालको अप्रिय घटना नघटोस भन्नका लागि जनपथ प्रहरी, शसस्त्र प्रहरी, स्वयमसेवक, गोरखा ग्रुपको टोलि खटाएको प्रनाउ अर्यालले बताउनुभयो । हालसम्मकै सबैभन्दा बढी भिड भएपनि कुनै घटना नभएको बताउँदै प्रनाउ अर्यालले शान्तिपूर्ण रुपमा सम्पन्न भएको महोत्सवलाई प्रभावित पार्न कसैले गलत हल्ला फैलाएको हुनसक्ने बताउनुभयो । यसैबिच प्रहरीले गलत हल्लाका पछि नलाग्न पनि सबैलाई आग्रह गरेको छ ।

मान्छेलाई आतंकित र भयभित बनाउने उद्देश्यले कुनै गलत तत्वले अनावश्यक रुपमा हल्ला फैलाउन सक्ने भएकाले भ्रमका पछि नलाग्न प्रहरीले अनुरोध गरेको छ । यता तुलसीपुर महोत्सव सुरक्षा समितिका संयोजक ऋषीराज भण्डारीले शान्तिपूर्ण रुपमा भइरहेको महोत्सवलाई प्रभावित बनाउने उद्देश्यले कसैले गलत चाल खेलेको हुनसक्ने भन्दै गलत हल्लापछि नलाग्न सबैमा अनुरोध गर्नुभएको छ । कुनै समस्या आएमा तुलसीपुर महोत्सवको स्वास्थ्य हेल्थ डेक्सदेखि एम्बुलेन्स समेत तयारी अवस्थामा रहेकाले महोत्सव अवलोकन गर्न आउने कुनै पनि दर्शकलाई समस्या परेमा तत्काल सचिवालय अथवा मोबाईल नम्बर ९८५७८२१७३६ मा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।