२०८३ मङ्सिर ९ गते बुधवार

लुम्बिनी प्रदेशमा राप्ती प्रादेशिक अस्पताल तेस्रो स्थानमा

तुलसीपुर, १६ कार्तिक । लुम्बिनी प्रदेशमा रहेका १३ वटा प्रादेशिक स्तरका अस्पताल मध्य राप्ती प्रादेशिक अस्पताल तुलसीपुर तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालय वुटवलले न्युनतम सेवा मापदण्ड र कार्य प्रगतिको मुल्याङकनका आधारमा अस्पतालाई सम्मान गरेको अस्पतालका मेसु डा. विनोद सिंहले जानकारी दिनुभयो ।

दक्षजनशक्ती, उपकरणको अभावमा स्वास्थ्य सेवामा केहि कठिनाई भएपनि अस्पतालमा भएको जनशक्तिलाई अधिकतम रुपमा प्रयोग गरेर १३ वटा अस्पताल मध्य तेस्रोमा आउनु तुलसीपुरबासीका लागि खुशीको कुरा भएको उहाँले बताउनुभयो । स्वास्थ्य निर्देशनालयले सरसफाई देखि सेवाको गुणस्तर र कार्य सम्पादनका विषयलाई आधार बनाएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।