तुलसीपुर, १५ कार्तिक । एक्कासी ठूलो आवाजमा डयाम्म आवाज आयो । घरमा बसेका र सडकमा हिडिरेहका नागरिकहरु एक्कासी बम बिष्फोट भएजसरी पट्कीएपछि त्रसीत र भएभित भए । किशोरहरुको एक हुल हाँस्दै खित्कीदै हुररर दौडिदै गए । साँझपख घर भित्र बसेका मान्छेहरु आत्तिदै बाहिर निस्किए । पटका पट्कीएको थाहा पाएपछि घरधनीले गाली गर्न थाल्नुभयो ।
‘तिम्रो नास हुने । अर्का घरको अगाडी आएर पट्काउन लाजमान्दैनौ । चट्कापट्कै हुनेहरु सुकौरा रोड नजिकै घरको छतबाट तलतिर हेर्दै एक महिलाले गालि गर्नुभयो ।’
यो उदाहरण मात्र हो । केहिदिन यता तिहार नजिकिएसंगै तुलसीपुरमा पटका आतंक बढेको छ । शुक्रबारदेखि तुलसीपुर बजारका विभिन्न स्थानमा ठूलो आवाजमा पटक पट्काउँदा नागरिकहरु भयभित र त्रसीत भएका छन् ।
प्रतिवन्धित गरिएका पटकाहरु सौसाँझै बजारमा पटकाउन थालेपछि स्थानीय प्रशासन पति नागरिकले गुनासो पोख्न थालेका छन् । प्रतिवन्धित गरिएका पटका जन्य वस्तुहरु बाहिरबाट बजारमा ल्याएर साँझको समयमा ड्याम–ड्यामडुमडुम पट्काउँदासम्म प्रहरी प्रशासन मौन बस्नु यो गतिलो संकेत नभएको नागरिक अगुवा टिकाराम रेग्मीले बताउनुभयो ।
पटकाले नागरिकलाई झस्काउने र आतङ्कीत पार्ने मात्र हैन अंगभङ्ग समेत हुने भएकाले तत्काल नियन्त्रणका लागि जिल्ला प्रशासन र नेपाल प्रहरीले अबिलम्ब एक्सनमा जानुपर्ने उहाँले बताउनुभयो ।
यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी गरीरहेको बताएको छ । पटका पट्कीएको ठाउँमा जाने उनिहरुलाई त्यहाँबाट लखेट्ने काम भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।