तुलसीपुर,२२ असार । तुलसीपुर उपमहानगरपालिकाले कृषक समूहलाई खेतबारी जोत्का लागि दशवटा पावर टिलर हस्तान्तरण गरेको छ । नगर प्रमुख घनश्याम पाण्डेले एक लाख ८९ हजार पर्ने पाउर टिलरलाई ५० प्रतिशत अनुदानमा किसानलाई हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा नगर प्रमुख पाण्डेले आधुनिक प्रविधिको प्रयोग संगै परमपरागत रुपमा रहेका खेतका गरालाई पनि चक्लावन्दी गरेर जोत्न मिल्ने खालको बनाउनुपर्ने बताउनुभयो । उक्त कृषि औजार खेतबारी जोत्न प्रयोग गरिन्छ । तुलसीपुर उपमहानगरपालिका आर्थिक समितिका संयोजक माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा उप्रमुख माया शर्मा, कृषि शाखा प्रमुख धनराज गौतम लगाएतले कृषिमा व्यवसायीकरण गर्नका लागि उपमहानगरले ठूलो लगानी लगाएको बताउनुभयो ।
तुलसीपुर उपहानगरपालिका अन्तर्गत कृषि शाखाले पाँच महिना अघि सार्वजनिक गरेको सूचनाका आधारमा वडा मार्फत आएका कृषक समूहलाई आर्थिक समिति र कृषी शाखाको छनौटमा परेकालाई एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिएको हो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।