तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखी तुलसीपुर क्षेत्र भित्रका स्वास्थ्य संस्थाबाट अति विपन्न घरपरिवारलाई निशुल्क स्वास्थ्य उपचार सेवा दिने घोषणा गरेको छ । उपप्रमुख माया शर्मा आचार्यले विहिवार आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गदै अति विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिका भित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको उल्लेख गर्नुभयो । त्यसका लागी तुलसीपुर उपमहानगरपालिका जनश्वास्थ्य प्रवद्र्धन शाखालाई आवश्यक बजेट ब्यवस्था गरिएको छ ।
यस्तैगरी तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर मेट्रो अस्पताललाई ५० शैयामा स्तरोन्नती गरि गुणस्तरीय, सर्वसुलभ र स्मार्ट उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु संचालन गर्न र जेष्ठ नागरिक स्वास्थ्य पुनर्लाभ केन्द्र निर्माण गर्न कोभिडको तेश्रो भेरियन्लाई मध्यनजर गरी बालबालिकाको उपचार सेवा विस्तारका लागी ५ करोड वजेट विनियोजन गरिएको छ । कोभिड १९ महामारीको सम्भावित तेश्रो लहरबाट नागरिकहरुलाई सुरक्षित राख्नका लागि पूर्व तयारी तथा प्रतिकार्यका लागि रु २ करोड बजेट विनियोजन गरिएको छ भने उपमहानगरपालिकालाई मोतियाविन्दुमुक्त पालिकाको रुपमा विकास गर्न राप्ति आँखा अस्पतालसँगको सहकार्यमा निशूल्क मोतियाविन्दु शल्यकृयाका लागी रु १५ लाख रकम विनियोजन गरिएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।