२०८३ मङ्सिर ९ गते बुधवार

अक्सिजनलाई सहज बनाउन नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोकाबिच छलफल

तुलसीपुर, २२ बैशाख । युवा वैज्ञानिक मार्शल रोकाले भिमसेन शहरी प्रवर्दन केन्द्र अश्वाराको आइसोलेसन सेन्टरमा अक्सिजन पाइपलाइनको व्यवस्था गर्ने बताउनु भएको छ । २० वटा वेडलाई पुग्नेगरी अक्सिजनको पाइपलाइन बिस्तार गर्न लागेको वैज्ञानिक रोकाले बताउनुभयो ।

अक्सिजनको चरम अभाव हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन युवा वैज्ञानिक रोकालाई आइसोलेसन सेन्टरमा बोलाउनु भएको थियो ।

नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोका विच अक्सिजनको विकल्पमा गर्न सकिने उपाय र खोजिका विषयमा पनि गम्भिर छलफल भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।