तुलसीपुर, २२ मसिर । तुलसीपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट लिईएको नमुना स्वावको कोरोना परिक्षण गर्दा जनाको पोजेटिभ रिपोट आएको छ भने २३ जनाको नेगेटिभ रिपोट आएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
यो संगै तुलसीपुरमा हाल सम्म संक्रमित हुनेको संख्या ७६३ पुगेको छ । ती संक्रिय संक्रमितको सख्या ८८ रहेको छ भने कोरोना मुक्त हुनेको संख्या ६६९ रहेको छ । फोकल पर्सन केसीका अनुसार ८० जना होम आईसोलेसनमा रहेका छन भने एक जना आईसियुमा, चार जना एचडियुमा , १ जना घोराही आईसोलेसनमा र कोहलपुर मेडिकल कलेजमा २ जना उपचाररत छन् । तुलसीपुरका जम्मा संक्रमित मध्ये १८ जना नागरिकको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार





