तुलसीपुर, २० मंसीर । बेरोजगारलाई रोजगार सृजना गर्न दाङको तुलसीपुरमा वृहत रुपमा अन्तर्पालिकास्तरीय छलफल गरिएको छ । कोभिड–१९ का कारण रोजगारी गुमायकाहरुलाई कसरी स्थानीयस्तरमै रोजगारी सृजना गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको तुलसीपुर उपमहानगरपालिका अन्र्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक किरण गौतमले जानकारी दिए ।
छलफलले प्रत्यक पालिकामा श्रम सहकारी गठन गर्ने, शान्तिनगर, कपुरकोट, बबई र दंगीशरण गाउँपालिकमा उत्पादन भएका बस्तुको बजारीकरणमा तुलसीपुर उपमहानगरपालिकाले सहजीकरण गर्ने, कोरोनाका कारण रोजगार गुमाएकालाई प्रत्यक्ष रोजगार दिने, स्वरोजगार बनाउनका लागि विभिन्न सिपहरु प्रदान गर्ने, पाँचवटै पालिका आगामी दिनमा मिलेर अघि बढ्ने निर्णय गरेको छ ।
त्यसैगरी कोभिड प्रभावितलाई रोजागरसंग जोड्नेगरी विकीरण गौतमको संयोजकत्वमा ११ सदसीय कार्यदल समेत गठन गरिएको छ । जसमा पाँचवटै पालिकाका रोजगार संयोजक रहेका छन् । कार्यदलले एक महिनाभित्र कार्यपत्र पेश गर्ने छ ।
तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतमा भएको छलफलमा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चाैधरी, शान्तिनगर गाउँपालिका प्रतिनिधि धनबहादुर केसी, विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने लगाएतले आ–आफना भनाई राखेका थिए ।
सो अवसरमा सबै पालिकाका कृषि, पशु र रोजगार संयोजकले कोभिडले पारेको असर, सम्भावना र चुनौतिका विषयमा रिपोटीङ गरेका थिए ।





