२०८३ भाद्र ११ गते बिहिवार

बाहिर पसलमा भन्दा मन्डीमा तरकारीको मुल्य सस्तो

तुलसीपुर १९ मंसीर । तुलसीपुर बजार क्षेत्रमा तरकारीको भाउ बाहिरी पसल भन्दा मण्डिमा सस्तो मुल्य हुने गरेको पाईएको छ । बाहिरी पसलमा महँगो पर्ने तरकारीको मुल्य मण्डि पसलबाट सुपथ मुल्यमा पाईन्छ । आलु,टमाटर,फूलगोभी,बन्द गोभी,प्याज,अदुवा,लसुन जस्ता दैनिक उपभोग्य तरकारीहरुको मुल्य बाहिरी पसल भन्दा मण्डिमा केहि सस्तो भएको तरकारी तथा फलफुल व्यवसायी व्यवस्थापन समितिका सचिव माधव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

मण्डि पसलमा टमाटरको मूल्य प्रति के.जी ४० देखि ४५ रुपैया पर्दछ । तर बाहिरी फुटकर पसलमा टमाटरको मुल्य प्रतिकेजी ५० देखी ५५ रुपैया पर्ने गरेको छ । यस्तैगरी तरकारी मण्डीमा फूलगोभीको मूल्य प्रति के.जी.४५ देखि ५०, काउली प्रति  के.जी.४० देखि ४५ रुपैया, अदुवा प्रति के.जी ६० र लसुन प्रति के.जी.२०० रुपैया छ ।

त्यसैगरी आलु प्रति के.जी.८० रुपैया रहेको व्यवसायी समेत रहेका समितिका सचिव घिमिरेले जानकारी दिएका छन् ।उनका अनुसार करेला,सिमी,भिन्डी,खुर्सानी र बोरी जस्ता तरकारीको मुल्य भने बढने अवस्थामा छ ।अहिले बजारमा सिमीको मूल्य प्रतिकेजी ८० देखि ८५ र खुर्सानीको मूल्य प्रति के.जी.८५ रुपैयाँ रहेको छ भने करेला,भिन्डी र बोरीको अहिले दाङमा उत्पादन नभएकाले र चितवनबाट नै आयात हुने हुँदा मुल्यमा बृद्धि हुन सक्ने सचिव घिमिरेको भनाई छ ।त्यसैगरी अहिले भेडे खुर्सानी र आलु भने भारतबाट आउने गरेको छ ।

त्यसैगरी अहिले सल्यान तरकारी निर्यात गर्ने थलो बनेको छ । अहिले चितवन, नारायणगढ, नेपालगंज, कोहलपुर, धनगढी र महेन्द्रनगर समेत सल्यानबाट तरकारीहरु निर्यात हुने गरेको छ ।त्यसैगरी बर्षेनी नेपालबाट तरकारीहरु निर्यात गर्नु भन्दा पनि बाहिरबाट तरकारीहरु बढि आयात गरिन्छ साथै बाहिरबाट तरकारीहरु आयात र निर्यात गरिने भएकाले बर्षेनी कति तरकारीहरु आयात गरिन्छ भन्ने सम्बन्धमा आवश्यक तथ्याङक नरहेको तरकारी मण्डीका सचिव घिमिरेको भनाई रहेको ।

प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया