२०८३ असोज ६ गते मङ्गलवार

कोरोना संक्रमित वडा अध्यक्षको मृत्यु

काठमाडौ, ४ मंसीर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि मोक्तानलाई १ मंसिरमा प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । सोही दिन स्वाब दिएका उनलाई संक्रमण भएको सोमबार पुष्टि भयो ।उनको बिहीबार दिउँसो १२ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको नगरपालिकाका उप प्रमुख विद्या भुजेलले जानकारी दिइन् ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । तर उपचारकै क्रममा मृत्यु भएको छ । उनमा उच्च रक्तचाप र मुटुसम्बन्धी रोग पनि थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।