२०८३ असोज ५ गते सोमवार

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेट

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे । उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसै बिच  भारतीय सेनाध्यक्ष नरवणे आजै तीन दिने नेपालको औपचारिक भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नरवणे कार्तिक १९ गते नेपाल आएका थिए ।
प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।