काठमाण्डौ, ४ कात्तिक । सरकारले श्रम सम्बन्धी मुद्दा हेर्ने श्रम अदालत गठन गर्ने निर्णय गरेको छ । असोज २९ गते बसेको मन्त्रीपरिषद बैठकले नेपाल भरका श्रम सम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्र तोक्ने र काठमाण्डौ मुकाम रहने गरी श्रम अदालत गठन गर्ने निर्णय गरेको हो ।
श्रम अदालतको अध्यक्षमा न्यायाधीश रामप्रसाद ओलीलाई तथा सदस्यमा प्रेमकुमार राई र निशा बानियाँलाई तोकिएको छ ।
याे पनि पढ्नुहाेस
तुलसीपुरमा मंगलवार थप ९ जनामा कोरोना पुष्टि
प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार






