तुलसीपुर, १ असोज / ६ महिनापछि दाङको तुलसीपुरबाट ९ वटा बस काठमान्डौका लागि छुटेका छन् ।
तुलसीपुरबाट संचालनमा आएका समितिले संयुक्त रुपमा पठाएको राप्ती त्रिशिद्देश्वरी यातायात सेवा प्रालिका कल्याकारी सचिव प्रकाश भट्टले जानकारी दिए । भट्टका अनुसार काठमान्डौका लागि ९ वटा बस, ३ वटा हाइस, सल्यान रुकुमका लागि ७ वटा बस, काँकडभिट्टाका लागि १ वटा बस र नेपालगंजका लागि ६ वटा हाइस गएका छन् ।
सहमतिमा राप्ती समितिले २ वटा पठाएपनि अन्य समितिले एक/एक वटा पठाएका छन् । पहिलो दिन भएपनि यात्रुहरु सन्तोषजनक रहेको कल्याकारी सचिव भट्टले जानकारी दिए । काठमान्डौका लागि १२ सय देखि १८ सयसम्म भाडा कायम गरिएको छ ।
सरकारले कोरोना महामारीको संक्रमण फैलिन नदिन गएको चैत्र ११ गतेदेखि देशैभर लकडाउन गरेका कारण लोमोदूरीका यातायातका सवारी साधन संचालनमा आउन सकेका थिएनन् ।
प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।