२०८३ असोज ६ गते मङ्गलवार

जर्नेल सहित ३ जना सैनिक अधिकारीको जागिर चट्

तुलसीपुर, ३२ साउन / सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा नेपाली सेनाका साहयक रथी सहित ३ जना सैनिक अधिकारी कारबाहीमा परेका छन् । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सहायक रथी प्रयोग जबरा, महा सेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले तुलसीपुर खबरलाई जानकारी दिए ।

समरी जनरल सैनिक अदालतले आज उक्त फैसला गरेको हो । त्यसैगरी सैनिक अदालतले सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गरेको छ भने प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने गरी फैसला सुनाएको छ ।

आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीति अनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिवद्ध रहेको समेत प्रवक्ता पौडेलले बताएका छन् ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।