दंगीशरण, असार, २४ । दंगीशरण गाउँपालिकाले गाउँपालिकामा भएका आयोजनाहरुको अनुगमन गरेको छ । पहिलो चरणको अनुगमनमा पालीकाले ७ वटै वडामा गरेको हो । दंगीशरण गाउापालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको संयोजकत्वमा अनुगमन गरेको हो । अनुगमन टोलीले गाउँपालिकाको आर्थिक बर्ष २०७६÷०७७ मा सम्पन्न भएका र हुदैँ गरेका योजनाहरुको अनुगमन गरेको छ ।
अनुगमन समितीका संयोजक खड्काका अनुसार वडा नम्वर १ मा छरकट्टा खल्यान हुदैँ कलङ खोला जाने बाटोमा कल्भर्ट निर्माण, छरकट्टा खल्यान हुदैँ भुम बहादुरको घर सम्मको सडक स्तरोन्नती,गोल्टाकुरी झोलुंगे पुलको बाटो स्तारेन्नती, भूईयार थान संरक्षण, गौरा पहिरो नियन्त्रण, शिव मन्दिर प्रहरी चौकि माथी सिढी निर्माण लगाएतका योजनाको अनुगमन गरेको हो ।
यस्तै वडा नम्वर २ मा गौरा गाउँ वंगालपुर सडक निर्माण, करैया बाटो ग्रावेल, संकरको घर जाने बाटो नयाँ ट्रयाक, प्रावि कौवाघारी देखि सरुवा डाडाँ बाटो कलभर्ट, मानव घर देखि कुन्टा खोला जाने बाटो नयाँ ट्रयाक, जलकुन्टि प्रहरी चौकि सडक ग्राभेल, कलम खोला दलीत वस्ती निर्माण योजनाहरुको अनुगमन गरेको हो ।
यस्तै वडा नम्वर ३ मा हेकुली गब्दवा गनार सिचाईँ कुलो निर्माण, बिजुलीपुर खाने पानी निर्माण, प्रगन्ना सिचाँई कुलो निर्माण, रावतगाउँ नयाँवस्ती सडक ग्रावेल, हेकुली मौली जाने बाटोमा कल्भर्ट निर्माण, चखौरा नयाँ सडकमा कल्भर्ट निर्माण, हेकुली जलधनीको घर नजिक पककी वाल निर्माण, एकली मैनहवा सडक निर्माण, माया खोला तटबन्ध, चितानपुर पशुपती परियार घर नजिक कल्भर्ट निर्माण, रावतगाउँ
उत्तरगाउँ सडक विस्तार, हेकुली दिपेश घरतिर सडक निर्माण कार्यको अनुगमन गरिएको हो । यस्तै वडा नम्वर ४ मा बैबाङ् पश्चिम गल्ली सडक स्तारोन्नती,रात्री आधारभुत विधालय बैबाङ्ग, सती मन्दिर सडक स्तरोन्नती, माया खोला तटबन्ध निर्मााण बैबाङ्ग,माया नहरमा सल्याप निर्माण, बाल्वा सडक मर्मत स्तरोन्नती, मौली सलौरा बाटोमा कल्भर्ट र चपरी कुलो निर्माण कार्यको अनुगमन गरिउको हो भने वडा नम्वर ५ मा रहरी झरना कुलो निर्माण, शंकर भट्टको घर निर कुलो निर्माण, बोक्सी खोला कुलो निर्माण, ठेक्का डाँडादेखि गौरी कुवा जाने सडक निर्माण, डाँडाचिस हुदैँ घडेरी जाने बाटो स्तरोन्नती सलौरा सलौरी बाटो निर्माण योजनाको अनुगमन गरिएको हो ।
वडा नम्वर ६ मा थपगाउँ पक्कि कुलो निर्माण योजना, सिम्ठाना सिम्ठानी सडक स्तरोन्नती, सिम्ठाना सिम्ठानी कुलोमा कल्भर्ट निर्माण, कोईराल डाँडा सडक कुलो निर्माण ग्रावेल, थपगाउ थारु गाउ जाने बाटोमा कलभर्ट निर्माण, थपगाउँ पक्कि कुलो निर्माण, वागर पक्कि कुलो निर्माण, बाँका सडक निर्माण ग्रावेल,थपगाउँ खानेपानी टंकी जाने सडक मर्मत, गाई गौडि देखि लेटार बिच गल्लीमा जाने सडकमा कल्भर्ट निर्माण, भानु मावि हुदैँ तिनकुने चौकि देखि चिरेगार सम्म सडक निर्माण, खड्का टोलमा कल्भर्ट निर्माण, प्रसडुवा खोनपानी भवन निर्माण, गिरी टोल र खड्का टोलमा सडक ग्राभेल, गौरी गाउँ अधुरो कल्भर्ट निर्माण योजना सम्पन्न भएको योजनाको अनुगमन गरिएको हो ।
वडा नम्वर ७ मा सम्पन्न भएका योजनाहरुमा गोरक्ष टोल पश्चिम रजपल सडक स्तरोन्नती, गोरकट्ला सडक निर्माण, ब्रहकुमारी ईश्वरी विश्व बिधालय राज योज प्रशिक्षण भवन निर्माण, जनता नि।मा।वि।बुटनीया पर्खाल निर्माण, बर्कि पनबटुवा देखी बाँका कुलो निर्माण योजनाहरुको अनुगमन गरिएको हो । दंगीशरण गाउँपालिकामा गरिएको यो अनुगमन पहिलो चरणको भएको समितीका संयोजक खड्काले जानकारी दिईन् । विश्वभर कोरोना संक्रमण भएको र लकडाउनले गर्दा विकाशे योजनाहरु तिव्र गतिमा जान नसकेपनि पछिल्लो चरणमा अगाडि बढिरहेको उनले बताईन् ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।