२०८३ असार ७ गते आइतवार

तुलसीपुरले २ अर्ब बढिको बजेट ल्याउँदै

तुलसीपुर, ७ असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३ /२०८४ का लागि २ अर्ब ३५ करोड बजेट ल्याउने तयारी गरेको छ । बजेट भोलि बिहान ११ बजे मेट्रो कलेजमा प्रस्तुत गर्ने तयारी गरिएको छ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले जानकारी दिनुभयो ।

उपमहानगरले आगामी आर्थिक बर्षमा ५२ करोड रुपैयाँ राजश्व संकलन गर्ने प्रक्षेपण गरेको छ । प्रत्येक वडामा आगामी वर्षका लागि उपमहानगरले एक करोडको सिलिङ्ग तोकेको छ भने प्रत्येक वडामा गौरबका आयोजना अन्तर्गत ५० लाख बजेट विनियोजन गरिने छ । पालिकाको वबसाईटमा राखिएको रातो किताब अनुसार चालू आब०८२/०८३ मा २ अर्ब ११ करोड बजेट ल्याएको थियो ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतवार
प्रतिक्रिया