पाल्पा । पाल्पामा जन्ती बोकेको जिप सोमबार साँझ साढे ५ बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । एक जनाले हाम फालेर ज्यान जोगाएका छन् । जीपमा ६ जना मात्रै थिए ।
लु१ज१९४१ नम्बरको जिप निस्दी गाउँपालिका– हुवासबाट भिरपानी तर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । जीप सडकबाट तीन सय मिटर तल खसेको थियो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।