२०८३ भाद्र १ गते सोमवार

दमारगाउँमा उद्घोषण तालिम सुरु

तुलसीपुर,१४ बैशाख

तुलसीपुर ३ दमारगाउँमा दुई दिने उद्घोषण तथा नेतृत्व विकास तालिम शनिबारदेखि सुरु भएको छ । महिलाहरुलाई सामाजिक समारोह, कार्यक्रम, गोष्ठिमा निर्धक्ककासथ आफना भनाई राख्न तथा उद्घोषण कलामा सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्था थर्कोट मिडिया प्रालि तुलसीपुरले जानकारी दिएको छ । आइतबारसम्म संचालन हुने तालिममा दमारागाउँ, डाँडाखुटी, राम्री, भट्टे, प्रतापकोट, लगाएतका स्थानमा कृयाशील विभिन्न महिला समूहका ४५ जनाको सहभागिता रहेको छ । तालिम उद्घाटन समारोहमा बोल्ने बक्ताले महिलालाई व्याज वितरण, चियाखाजा पु¥याउने जस्ता अनौपचारीक कार्यक्रममा प्रयोग गर्ने गरेको बताउदै अवसर पाए महिलाले पनि पुरुष सरह सयौं नागरिकका अगाडि भाषण गर्न सक्ने बताए ।

महिलाको क्षेमता विकासका लागि गरिने रचतनात्मक कार्यले ठूलो सहयोग पुग्ने बताउदै बक्ताले गाउँ–ठाउँमा हुने औपचारिक कार्यक्रमको उद्घोषककालागि अग्रसर हुने बताएका थिए । आयोजक संस्थाका अध्यक्ष ओपेन्द्र बस्नेतको अध्यक्षता एवम् तुलसीपुर उपमहागनरपालिका – ३ का वाडाध्यक्ष वीरबहादुर विक(विजय)को प्रमुख आथित्यमा तालिमको उद्घाटन गरिएको थियो । तालिममा उद्घोषणकला, उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, मास केन्द्रित कसरी गर्ने, मञ्चमा गएर कसरी बोल्ने लगाएतका विषयमा राप्ती समाचार राष्ट्रिय दैनिकका सम्पादक वसन्तकुमार आचार्यले प्रशिक्षण दिनुभएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया