२०८३ साउन ३१ गते आइतवार

आज सुन तोलामा तिन हजार बढिले बढ्यो

फोटो फाईल

काठमाण्डौ, ३१ साउन । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ ।

यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ७१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६६० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया