तुलसीपुर,३० चैत्र । रामनवमी पर्व अर्थात आज चैते दशै श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ ।चैते दसैं हरेक वर्षको चैत्र शुक्ल अष्टमीका दिन मनाउँने परम्परा छ । असुर शक्तिमाथी दैवीशक्तिको जित तथा असत्य माथि सत्यको विजयका रुपमा लिईने दशैको नेपाली समाजमा बेग्लै महत्व रहदै आएको छ ।
वर्षमा दुईपटक चैत र असोजमा मनाईने दशैका अवसरमा गरिने दुर्गा पूजाको महत्व शास्त्रमा समेत विशेष उल्लेख भएको पाइन्छ । समाजमा चैते दसैलाई असोजमा मनाइने बडादसैं भन्दा कम महत्वको दिने गरिएको भएपनि देवी देवताका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने, मान्यजनबाट टिका ग्रहण गर्ने परम्परा भने यस दशैमा पनि रही आएको छ ।
प्रकाशित मिति : २०७५ चैत्र ३० गते शनिवार






