२०८३ मङ्सिर ३ गते बिहिवार

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ, ३ मंसिर । दाङको लमहीमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका–९ शिवखोला नजिकै आज विहान ८ : ३० बजे बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको लु १ ख ३१३० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । दर्घुटनामा परी बसमा सवार ५३ जना मध्ये १४ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा बैजनाथ गाउँपालिका–६ बाँकेकी २० वर्षीया पूर्णिमा थापा, सोहि ठाउँका २१ वर्षीया अनिशा सुनार, बर्दियाको बारबर्दिया नगरपालिका–३ का १९ वर्षीय जीवन सुनार, सोहि ठाउँका २० वर्षीय सन्दीप सुनार, १८ वर्षीया सन्ध्या सुनार, १८ वर्षीया निरुता सुनार, ११ वर्षीया प्रज्ञा सुनार, १६ वर्षीया आकृति सुनार, १९ वर्षीय हरि कृष्ण नेपाली, १६ वर्षीया मनिषा सुनार, १८ वर्षीया पूजा सुनार, दीपक सुनार, १६ वर्षीया पुन्या सुनार र २२ वर्षीय करण सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर, बाँके पठाइएको प्रहरीले जनाएको छ । कोहलपुर नगरपालिका–१४ हल्दारपुर निवासी २६ वर्षीय राजकुमार विकले चलाएको बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए । दुर्घटनापछि चालक, सहचालक र बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।