२०८३ मङ्सिर ३ गते बिहिवार

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

तुलसीपुर,३ कात्तिक । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ बनहरीस्थित भित्री सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय गणेश घर्ती मगरका पाँच वर्षीय छोरा क्यानुस घर्ती मगर घाइते भएका थिए।

घाइते बालकलाई तत्काल राप्ती लाइफ केयर अस्पताल मोतीपुरमा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा हिजो साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार सल्यानको छत्रेश्वरी गाउँपालिका–६ निवासी २२ वर्षीय रामप्रसाद बुढाले चलाएको रा ४ प ८७९९ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।