२०८३ मङ्सिर १ गते मङ्गलवार

दाङमा दुई नाल भरुवा बन्दुक बरामद

दाङ,३० कात्तिक । दाङमा सामुदायिक वनबाट प्रहरीले दुई नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई स्थानबाट भरुवा बन्दुक बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ स्थित कालिखोला सामुदायिक वनमा लुकाइछिपाइ राखेको एक नाल र इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरी टोलीले बबई गाउँपालिका–५ स्थित कालापानी सामुदायिकमा एक नाल गरी दुई नाल भरुवा बन्दुक बरामद प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ कार्तिक ३० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।