दाङ, २९ कात्तिक । दाङको देउखुरी क्षेत्रमा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–२ मटेरिया बस्ने ४९ वर्षीय रुपलाल चौधरीको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । सोही ठाउँ बस्ने ३८ वर्षीय त्रिलोक सिंह कार्कीले शनिवार दिउँसो सवा दुई बजेतिर खालगैरा स्थित आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।
चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । घटनापछि फरार भएका कार्कीलाई प्रहरीले लमही नगरपालिका–५ रातोडाँडाबाट शनिवार नै नियन्त्रणमा लिएको थियो । आगोले जलेर गम्भीर घाइते भएका चौधरीलाई उद्धार गरेर तत्काल लमही अस्पताल पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगीएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । पक्राउ परेका कार्की माथी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।