२०८३ कार्तिक ३० गते सोमवार

रुन्टीलेख मेलामा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष माथी हातपात

दाङ, २९ कात्तिक । सल्यानको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी माथी हातपात भएको छ । वडा नं १,२ र ५ को सिमानामा पर्ने वडा नम्बर २ स्थित शनिवार देखी लागेको रुम्टीलेख मेलामा गाउँपालिकाका उपाध्यक्ष भण्डारी माथी हातपात र आक्रमणको प्रयास भएको हो । मेलामा प्रतिवन्धित लङ्गुरबुर्जा जुवा खुलेआम रुपमा खेलिरहेका समूहलाई नियन्त्रण गर्न प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराउन पुगेका उपाध्यक्ष भण्डारीमाथि हातपात भएकोे घटना सार्वजनिक भएको छ ।

उक्त प्रहारबाट उपाध्यक्षको टाउकोमा चोट लागेको र एउटा मोबाइल फुटेको पिडित उपाध्यक्ष भण्डारीले बताउनु भएको छ । यस्ता गैरकानुनी अवैधानिक कार्य रोक्नु पर्छ भनेर त्यहा पुगेको बेला आफु माथी आक्रमण भएको उपाध्यक्ष भण्डारीले सामाजिक संजाल फेसबुक मार्फत बताउनु भएको छ । उहाले फेसबुक मार्फत घटना बारे जानकारी दिदै आफु माथी जुवा खेलाउनेहरु मध्येकै मानिसहरुबाट आक्रमण भएको बताउनु भयो । मेला अवलोकन गर्न पुगेको बेला मेलास्थल देखी एक सय मिटरको दुरीमा खुलेआम जुवा खेलाईरहेको देखेपछि आफुले प्रहरी प्रशासनलाई जानकारी गराएको उहाले बताउनु भएको छ ।

त्यसपछि प्रहरी प्रशासनले कारवाही प्रक्रिया अघि बढाएको र दिउँसो चार बजेतिर घर फर्किने क्रममा आफु माथी एक्कासी आक्रमण भएको उहाले बताउनुभयो ।साथै उहाले दोषीलाई कारवाही गर्न प्रहरी प्रशासन संग माग गर्नुभएको छ । उक्त घटना प्रति गाउँपालिका अध्यक्ष दुर्गा पुनले दुख व्यक्त गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासन संग माग गर्नुभएको छ । उहाले घटनाको निन्दा गर्दै प्रहरी प्रशासन माथी समेत प्रश्न उठाउनु भएको छ । खुलेआम भईरहेको अवैध क्रियाकलापलाई प्रहरी प्रशासनले रोक्नु पर्नेमा मुकदर्शक बनेको आरोप लगाउनु भएको छ ।

मौलिक साँस्कृतिक पहिचान बोकेको प्राकृतिक सुन्दरता रहेको एतिहासीक मेलामा रमाईलो गर्ने नाममा अवैध जुवा खेलाउने कार्य उचित नभएको अध्यक्ष पुनले बताउनु भएको छ । साथै यस अघि पालिकाले मेलामा अवैध जुवा तास र मदिरालाई पूर्णरूपमा निषेध गराउन प्रहरी चौकि कपुरकोटलाई निर्देशन दिईएको उहाले बताउनुभयो । यसैविच उपाध्यक्ष भण्डारी माथी भएको हातपात र आक्रमण प्रति मिलन बजार युवा क्लपले घोर निन्दा र भत्र्सना गरेको छ । क्लवका अध्यक्ष झलक वलीले सामाजिक संजाल मार्फत दोषीको पहिचान गरी कारवाही गर्न माग गर्नुभएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।