दाङ,२१ कात्तिक । दाङको घोराहीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । शुक्रबार साँझ घोराही उपमहानगरपालिका–१२ स्थित साजखर्कमा जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँका ४० वर्षीय सेरमान घर्तीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घोराहीबाट सासर खोलातर्फ जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप शुक्रबार साँझ साजखर्कमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
घाइते हुनेमा जिप चालक घोराही–१२ निवासी ३७ वर्षीय थमन घर्ती मगर, १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर उपमहानगरपालिका–१३ निवासी ९ वर्षीय अनमोल पुन रहेको प्रहरीले जनाएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।