तुलसीपुर, १७ कात्तिक । दाङमा प्रहरीले एकैदिन १४ वटा अवैध भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी तथा डिएसपी डाक्टर हेम बहादुर केसीले दिएको जानकारी अनुसार जिल्लाका विभिनन सथानबाट प्रहरी टोलीले लुकाईछिपाई राखेका १४ वटा अवैध बन्दुक बरामद गरेको हो । प्रहरीले गोप्य सचुनाको आधारमा मंगलवार विहान ५ बजेदेखी ९ बजेसम्म विशेष अप्रेशन चलाएको थियो । जसअन्र्तगत पश्चिम दाङको एक सामुदायिक वनबाट ५ वटा अवैध भरुवा बन्दुक बरामद भएको उहाले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीको टोलीले बबई गाउँपालिका वडा नम्वर ५ खयरभट्टी स्थित सिमौरा सामुदायिक वन क्षेत्रबाट ५ थान अवैध भरुवा बन्दुक बरामद गरेको डिएसपी केसीले जानकारी दिनुभयो ।
यस्तै ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीको टोलीले बंगलाचुली गाउँपालिका २ सुनछहरी सामुदायिक वन क्षेत्रबाट एउटा , प्रहरी चौकी हासीपुरबाट खटिएको प्रहरी टोलीले बंगलाचुली गाउँपालिका वडा नम्वर ८ पाँचपोखरी स्थित न्यु कालिका सामुदायिक वन क्षेत्रबाट एउटा, प्रहरी चौकी पुरन्धाराबाट खटिएको प्रहरी टोलीले बबई गाउँपालिका २ सुवाखोरे सामुदायिक वन क्षेत्रबाट एउटा, अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको टोलीले गढवा गाउँपालिका १ रौसिंहखोला बगर क्षेत्रबाट ५ र अस्थायी प्रहर िपोष्ट नर्तिबाट खटिएको टोलीले लमही ३ नारायणस्वर सामुदायिक वन क्षेत्रबाट एउटा अवैध भरुवा बन्दुक बरामद गरेको डिएसपी केसीले जानकारी दिनुभयो । उक्त बरामद गरिएको बन्दुकका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।