तुलसीपुर,१३ कात्तिक । तुलसीपुरमा उद्योग सञ्चालकमाथि कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कात्तिक ७ गते राति करिब ११ः३० बजे तुलसीपुर उपमहानगरपालिका–७ माताकुटीस्थित देशभक्ति स.मिल तथा फर्निचर उद्योगका सञ्चालकमाथि कुटपिट भएको थियो। उद्योगमा प्रवेश गरी सञ्चालकलाई कुटपिट गरेर फरार भएका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निवासी २१ वर्षीय छविलाल विष्ट, २१ वर्षीय अभिषेक नेपाली र १९ वर्षीय ललित रेउले रहेका छन्। प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा दाङ जिल्ला अदालतबाट सात दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।।
प्रकाशित मिति : २०८३ कार्तिक १३ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।