आज विश्व प्राथमिक उपचार दिवस । सामान्यतया मानिसको दैनिक जिबन यापनका क्रममा सानातीना चोटपटक लाग्न सक्छन । जसको हामीले आफै घरमा उपचार गर्न सक्दछौ । कहिले काहीँ हामीले जिबनमा नसोचेका ठुला घटना वा दुर्घटना पनि हुन सक्दछन । यस्तो अबस्थामा हाम्रो नियन्त्रण भन्दा पनि बाहीर जान सक्छ र मानविय क्षती पनि ब्यहोर्न परेका प्रसस्त उदाहरणहरु छन । यस्ता खालका सानातीना दुर्घटनामा हामीले स्थानिय स्तरमा नै पाईने सामाग्रीको प्रयोग गर्दै गरिने उपचार वा सेवालाई सामान्यतया प्राथामिक उपचार भनिन्छ । यसरी घटना स्थल देखि स्वास्थ्य संस्था सम्म नपु¥याउदा सम्म गरिने उपचार नै प्रथामिक उपचार हो । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार पनि हो ।
कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन हुनु अघि सामान्य उपकरण तथा सामाग्री प्रयोग गरी बिरामीको उपचार गरिने विधिलाई प्राथमिक उपचार भनिन्छ । प्राथमिक उपचारले विरामी वा घाइतेलाई तत्काल राहत तथा मानसिक रुपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ । नेपाल रेडक्रस सोसाईटीको प्राथामिक उपचार निर्देशिका अनुसार “घाइते वा बिरामीलाई स्थानिय स्रोत र साधनको प्रयोगरी सुरक्षा नियमका आधारमा दक्ष चिकित्सा सेवा नपाउदा सम्म गरिने सेवा सुसारलाई प्रथामिक उपचार” भनिन्छ । प्राथमिक उपचार दिवसको शुरुवात सन २००० देखि क्ष्ँच्ऋ को पहलमा यो दिवस मनाउन सुरुवात गरिएको हो । नेपालमा प्राथमिक उपचार नेपाल रेडक्रस सोसाइटीको मुख्य काम हो । यसका लागि २०६० साल देखि निरन्तर नीति तथा संचालन निर्देशिका बनाएर काम गर्दै आएको छ । हाल सम्म ३० हजार भन्दा धेरै ब्यक्तिले प्राथमिक उपचार तालिम लिईसकेका छन ।
प्राथमिक उपचार तालिम सामान्यतया ४ दिनको आधारभुत प्राथमिक उपचार तालिम, ९ दिनको प्रशिक्षक प्रशिक्षण प्राथमिक उपचार तालिम र विद्यालय स्तरमा १ दिने प्राथमिक उपचार अभिमुखिकरण तालिमको रुपमा पनि दिन सकिन्छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले पनि दाङ जिल्लामा प्राथमिक उपचार तालिमहरु विभिन्न समयमा संचालन गर्दै आई रहेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले संचालन गरेका विभिन्न परियोजना अन्तर्गत रहेर दाङ जिल्लाको देउखुरी क्षेत्र लमही, सिसहनिया, गढवा, राजपुर क्षेत्रमा प्राथमिक उपचार स्वयमसेबकहरु तयार गरी राखेको छ । त्यसै गरी पश्चिम दाङको बबई गाउपालिका अन्तरगतका जोखिमपुर्ण बस्तीका मानिसहरुलाई तालिम दिई सकेको छ । दाङ जिल्लामा संचालन भएका एम्बुलेन्स ड्राइभरहरुको लागि पनि प्राथमिक उपचार तालिम संचालन गरी सकेको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्रथामिक उपचार निर्देशिका अनुसार प्राथमिक उपचारका उदेश्यहरु मुख्य ४ प्रकारका रहेका छन । क) घाईते वा विरामीको जिबन बचाउनु । ख) घाईते वा विरामीको अबस्था झन झन विग्रन नदिनु । ग) घाईते वा विरामीको अबस्थामा सुधार ल्याउनु । घ) घाईते वा बिरामीलाई आस्वास्थ पार्नु । प्रथामिक उपचार निर्देशिका अनुसार प्राथमिक उपचारका सिदान्तहरु मुख्य ७ प्रकारका रहेका छन । जस मध्य तल उल्लेख गरिएका छन
१. सुरक्षा प्रथमः घाइते वा बिरामीको प्राथमिक उपचार गर्दा प्राथमिक उपचारकले पहिले आफ्नो सुरक्षालाई प्राथमिकता दिनुपर्छ । त्यसपछि घाइतेको र रमितेको सुरक्षाको बारेमा समेत ध्यान दिनुपर्दछ । २. अस्थायी हेरचाहः दुर्घटनामा प्रभावित वा बिरामीले दक्ष चिकित्सकको सेवा नपाउन्जेलसम्म गरिने स्याहार–सुसार अस्थायी हेरचाह हो । यस अवस्थामा एउटा प्राथमिक उपचारकले दक्ष उपचारको स्थान लिंदैन । ३. मानवतामा आधारित नैतिक सहयोगः प्राथमिक उपचार गर्न कसैलाई कानुनी रुपमा वाध्य गराउन हुदैन । प्राथमिक उपचार केबल मानबतामा आधारीत हुन्छ । घाईतेको उपचारका लागि सहयोग गर्नु केबल नैतिक र मानबीय कर्तब्य ठानेर सहयोग गरिन्छ । ४. निष्पक्षताः प्राथमिक उपचारकले कुनै पनि आधारमा भेदभाव नगरी घाइतेलाई निष्पक्ष सेवा पु¥याउनु पर्दछ । प्राथमिक उपचारकले प्राथमिकताका आधारमा घाईतेको उपचार गर्नु पर्दछ । ठुलो दुर्घटना भएको अबस्थामा एकै ठाउमा धेरै घाईतेहरु भेटिन सक्छन त्यस्तो अबस्थामा प्राथमिक उपचारकले सबैभन्दा गम्भिर बिरामीलाई पहिलो प्राथमिकता दिने गरी आफ्नो सेवा अगाडि बढाउनु पर्दछ । जस्तैः टाउको मा चोट लागेको र हात भाचिएको मध्ये प्राथमिकताको आधारमा टाउकोमा चोट लागेको व्यक्तिलाई उपचार गर्नु पर्दछ । ५. तटस्थताः प्राथमिक उपचारकले तटस्थ भएर सेवा प्रबाह गर्नू पर्दछ । कुनै पनि दुर्घटनाहरुको कारणहरु हुन सक्छन तर प्रथामकि उपचारक कारणका पछाडी लागिनु हुदैन । सहि र गलतको वकालत गर्नु हुदैन । प्रथामकि उपचारक तटस्थ भएर आफ्नो सेवा प्रबाह गर्नु पर्ने हुन्छ । ६. एैच्छिक सेवाः प्राथमिक उपचर सेवा स्वेच्छाले गरिने सेवा हो । यो आर्थिक लाभ वा अरु कुनै प्रलोभनमा परेर गरिने सेवा होईन । यो त विशुद्ध सेवा भाबले गरिने सेवा हो । ७. जानी गर हानी नगरः यदि आफुमा त्यो ज्ञान, सिप र क्षमता छ भने प्राथमिक उपचारको सेवा दिनुहोस यदि छैन भने सेवा नदिदा पनि हुन्छ । आफुले नजानेको वा पुर्ण ज्ञान नभएको ब्यक्तिले सेवा प्रबाह गर्दा विरामीको सुधार होइन अबस्था विग्रन जान्छ । नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार निर्देशिका अनुसार प्राथमिक उपचारका मुख्य जिम्मेवारी यस प्रकार रहेका छन । १) आपतकालिन अबस्थामा धैर्य र शान्त रहेनेः प्राथमिक उपचारक आपतकालिन अबस्थामा धैर्य र शान्त रहनु पर्दछ । त्याहाको माहेललाई बुझ्न र सम्हाल्न सक्ने खालको हुनु पर्दछ । कक्ति पनि नआत्तिएर आफ्नो सेवा प्रदान गर्न सक्नु पर्ने हुन्छ । २) संक्रमणबाट जोगिनेः प्राथमिक उपचारक संक्रमणबाट जोगिनका लागि ब्यक्तिगत शुरक्षका सामाग्री ९एएभ्० लगाउन आबश्यक छ । ३) कुशल प्राथमिक उपचारको भुमिका निर्बाह गर्नेः प्राथमिक उपचारकले आफुलाई एउटा कुशल योग्य प्राथमिक उपचारको भुमिा निर्बाह गर्नु पर्ने हुन्छ । ४) घाईते वा बिरामीलाई आराम भए नभएको सुनिश्चित गर्नेः प्राथमिक उपचारकले घाईते वा विरामीलाई आराम भएको वा नभएको एकिन गर्नका लागि निरन्तर अबलोकन गरि रहनु पर्ने हुन्छ । ५) मनोबैज्ञानिक प्राथमिक उपचार गर्नेः प्राथमिक उपचारकले विरामीलाई थप वउपचारका लागि लैजानु भन्दा पहिलो सान्तोनाहरु दिने, विरामीको भाबनाको कदर गर्दै उनिहरुका कुराहरु सुनिदिनु पर्दछ । विरामीको चाहना अनुसार घर परिवारलाई खबरहरु गरिदिने, होसला प्रदान गर्न अनिबार्य छ । ६) संबेगात्मक प्रतिकृया पछि देखा पर्ने कुरामा सजग रहनेः यी आदि कुरामा विशेष ध्यान दिन आबश्यक रहेको छ । नेपालमा प्राथमिक उपचारको महत्व र अवाश्यकता किन ?
नेपालमा विपद तथा जलवायुजन्य अबस्थाका आधारमा भुकम्पीय जोखिममा ११औ स्थानमा रहेको छ । बाढी तथा पहिरोको जोखिमका आधारले ३०औ स्थानमा रहेको छ । जलवायु परिबर्तनको प्रभाबमा चौथो स्थानमा रहेको छ भने समग्रमा विश्वमा नेपाल २० औ जोखिम स्थानमा रहेको छ । जलबायु परिबर्तनले गर्दा तापक्रममा बृद्धि हुने जसले गर्दा हिमतालहरु फुटेर बाढीको जोखिम ४० प्रतिशतलेबढाएको छ । भर्खरै रसुवाको भोटेकोशी नदिमा आएको बाढीले नेपालमा ठुलो धन जनको क्षेति पु¥याएको छ । यस्तो अबस्थामा सामान्य प्राथमिक उपचार, खोज तथा उद्धार र प्रतिकार्य समयै हुन नसक्दा धेरै मानिसहरुले ज्यान गुमाउन परेको तितो सत्य हाम्रो सामु ताजै रहेको छ । प्राथमिक उपचार दैनिक जसो मानब जीबनमा आबश्यक पर्ने एक महत्वपूर्ण सिप, ज्ञान र जिबन बचाउने उपचार पद्ती हो ।
भनिन्छ विपक्ती सुचना दिएर वा बाजा बजाएर आउदैन । विपत्ति वा दुर्घटना जुन सुकै समयमा पनि हुन सक्छ र यसले मानविय क्षती हुन सक्छ । त्यसले घर, गाँउ, कार्यालय, पसलहरु, सार्बजनिक मठ मन्दिर, सार्बजनिक भबनहरु, वडा कार्यालयहरुमा प्राथमिक उपचार बाकस राखन आबश्यक रहेको छ । बिश्वमा दिन प्रति दिन बढदै गरेको शहरीकरण र अब्यबस्थित बसोबास, प्राकृतिक प्रकोप, मानबिय विपत्ति र बढदो यान्त्रीकीकरणका कारण दिन प्रतिदिन दुर्घटनाहरु बढदोक्रममा घटिरहेका छन । मानविय क्षेती,घाईते, अपांङ्गताको सख्या बढदै गईरहेको छ । समान्य उपचार नपाउदा पनि कयौ मानिसले ज्यान गुमाउन बाध्य छन । बढदो दुर्घटनामा परेर नेपालमा मात्र हजारौ मानिसहरुले ज्यान गुमानु परिरहेको अबस्थामा प्राथमिक उपचारको सामान्य जानकारी माात्र भए पनि धेरै नागरिकको ज्यान बचाउन सकिने थियो ।
नेपाल भुगोलका हिसाबले पनि प्राकृतिक विपत्तिका जोखिममा रहेको देश हो । यहाँ बर्षेनी बाढी,पहिरो,चट्टयाङ र हवाई तथा स्थल मार्गको दुर्घटनामा परी हजारौले ज्यान गुमाएको कुरामा हामी सबैलाई जानकारी नै छ । नेपालमा प्राथकि उपचारको धेरै महत्व रहेको छ । नेपाल भौगोलिकरुपमा पहाडै पहाडले भरियको देश र यहाँको जिबन स्तर गाँउ गाँउले भरिएको हुनाले मेला पात, दैनिक जिबनमा साना तिना घटना र दुर्घटनाहरु घटिरहने भएकोले प्राथमिक उपचारको धेरै महत्वरहेको छ । नेपालमा विभिन्न समयमा राजनीतिक तथा नागरीक आन्दोलनमा नेपाल रेडक्रस सोसाईटीको तर्फबाट प्राथमिक उपचारको लागि महत्वपुर्ण भूमिका निर्बाह गर्दै आईरहेको छ ।
तत्कालिन १० बर्षे जनयुद्धमा पनि नेपाल रेडक्रस सोसाईटीका स्वयम सेबकहरुले प्राथमिक उपचारको क्षेत्रमा महत्वपुर्ण भुमिका निर्बाह गरेको कुरा हामी सबैमा सर्बविदितै रहेको छ । लुम्बिनी प्रदेशमा रहेको दाङ जिल्लाको भु–भाग पनि पहाडी, भित्री मधेस र तराई भुभाग समेटेको छ । यहाँ बाढी, पहिरो, भुकम्प,चट्टयाङ र सडक दुर्घटनाको उच्च जोखिममा रहेको छ । यस जिल्लामा बिगत देखि नेपाल रेडक्रस सोसाइटीले विभिन्न समायमा जिल्ला भरि नै प्राथमिक उपचारका स्वयम सेबकहरु उत्पादन गरी परिचालन गरिरहेको छ । यो जिल्लामा प्राथमिक उपचार स्वयमसेबक उत्पादन गर्ने आबश्यक्ता रहेको छ र प्राथमिक उपचारको पनि धेरै महत्व रहेको छ ।
प्राथमिक उपचार दिवसको अबसरमा प्राथमिक उपचारको महत्व र स्थानिय तह वा सरकारको जिम्मेवारीको बारेमा सम्पुर्ण समुदाय र मानिहरुमा अभिमूखिकरण गर्न आबश्यक रहेको छ । प्राथमिक उपचारको राम्रो ज्ञान नहुदा सामन्य विरामीको पनि ज्यान जान सक्ने संभाबना हुने भएकाले प्राथमिक उपचारको बारेमा स्थानिय सरकार, विद्यालय, टोल विकास संस्थाहरु, स्वास्थ्य संघ सस्था लगाएतका सम्पुर्ण सरोकारवालाहरुको चासो र सरकारको विषय बन्न जरुरी छ । स्थानिय सरकार प्राकृतिक दुर्घटना वा मानबिय दुर्घटनाबाट हुने मानविय क्षेतिलाई कमी गर्नका लागि सजक र जिम्मेवार बन्न आबश्यक छ । बिश्व भरी ९ १२ सेप्टेम्बर २०२६० बि।स। २०८० भाद्र २७ गते “बसाईसराइको सन्दर्भमा प्राथमिक उपचार”“First Aid in Migration contexts ” भनने मुल नाराका साथ विश्व प्राथमिक उपचार दिवस मनाईदै छ । बिश्व प्राथमिक उपचार दिवसको सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
लेखकः खेमराज विश्वकर्मा -प्राथमिक उपचार प्रशिक्षक) हुनुहुन्छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।