२०८३ भाद्र १६ गते मङ्गलवार

कम्युनिष्ट किन टुटफुट र बिग्रहमा परिणत भयो ?

फोटो फाईल

आज फेरि नेकपा बहुमत नामको कम्युनिस्ट टुकडिमा एकले अर्कोलाई गद्दार घोषणा गर्दै कारवाही गरेको खबर सुन्नमा आएको छ ।आखिर कम्युनिस्ट आन्दोलन किन बारम्बार टुटफुट र बिग्रहमा परिणत भयो ? र हुन्छ ? एकले अर्कालाई दोषारोपण गर्दै,आफ्नो पार्टी एक मात्र अशल कम्युनिस्ट र क्रान्तिकारी पार्टी ,बांकी सबै अवसरबादि ,संशोधनबादी,दक्षिणपंथी,संसदिय भाषमा जाकिएको ,उग्रवामपन्थी भन्दै गाली,निन्दाका शास्त्रीय जागरणका पुस्तकका पोथा लेख्नमै,घोक्नमै आफ्नो एकबारको अर्थात ७७ बर्षको जिन्दगी सिध्यायो ?

तर अहं -नेपालको सन्दर्भमा मार्क्सवादलाई कसरी लागू गर्ने ? फेरिएको अबस्थिती र परिस्थिति अर्थात सूचना संचार र बिज्ञानको रजगज दुनियाँमा हिजो कार्ल मार्क्स र एङ्गेल्सले तत्कालीन समाज र चेतनामा तयार पारेको कम्युनिस्ट घोषणापत्रका आँखाले आजको समाजलाइ हांक्न या डोर्याउन सक्छ सक्दैन ? बहुल समाज,बहुल विचार,विविधता,जातजाति,धर्म चाडवाड संस्कृतिका सवाललाई कसरी लिने र के गर्नेरु संसदिय मोर्चालाई कसरी उपयोग गर्ने रुसरकारमा गैसके पछि जनताको आधारभुत समस्यालाई कसरी सम्बोधन गर्ने ?

कृषि,भूमि,जलस्रोत,पर्यटन,स्वास्थ्य,शिक्षा,अर्थ ,पर राष्ट्र,सुरक्षा,कार्यपालिका ,न्यायपालिका र ब्यबस्थापिकाका सवालमा के गर्ने रु कहिल्यै समय खर्चन प्रयास गरेन । खाली धार्मिक कठमुल्ला र धर्माधिकारी जस्तैः शास्त्रीय शुद्धताको अर्को अतिबादी वामपन्थी आलाप मतवालम्बि बिचारमा अभ्यस्त भयो र अन्तत अब्यबहारिक सैद्धान्तिक शुद्धताको रटानकै गोलचक्करमै रुमल्लिदै आम नागरिकको मनोबिज्ञानका पाटा , दैनिकी र सरोकार संग टाढा रहयो र बिस्तारै कट्यो ।

न वामपन्थी कम्युनिस्ट ज्यान जस्तो रहयो न प्रगतिशील लोकतान्त्रिक पार्टीको चरीत्र पर्दर्शन गर्न सक्यो ? कथनी र करनिमा बिल्कुलै बेमेल जिन्दगी जिएको कारणनै वामपन्थी मत कट्दै र भत्कदै जानुले त्यसै स्पष्ट संकेत देखाउंछ । तपाईं हामी मानौ या नमानौ । हाम्रा उपरोक्त र इत्यादि कुछ या बडा गडबडकै कारणनै रबि, हर्क र बालेन जन्मे । हामिहरुकै कारणनै पछिल्लो कथित जेनजि पर्दर्शनबाट राजनीतिको सैद्धान्तिकि,दार्शनिकी र बैचारिकिबारे घृणा र निराशाको लय परिवर्तनको मार ब्यहोर्नुपर्यो ? हामी कहाँ जानेरु गन्तव्य कहाँ ? कसरी जाने ? कहाँ जाने भनेर हिडेका थियौ ? आखिर कुन अक्करे भिरमा अलमल पर्यौ र फस्यौ हकिकतमा हामी कहाँ छौँ ? के उपरोक्त प्रबृत्तिबारे हामी कहिल्यै गम्भीर बिमर्श र समिक्षामा जुटेका छौँ ? अब कसरी जाने बारे सिंहावलोकन गरेका छौँ ? यस्ता यावत प्रश्नहरु छन् ।

लेखक :  राम बहादुर जिसी , तुलसीपुर ६ दाङ
प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।