२०८३ भाद्र २१ गते आइतवार

छोराछोरीको उज्ज्वल भविष्यको सपना बोकेर हिँडेका सल्यान छत्रेश्वरीका गणेश बिच सडकमै अस्ताए

सल्यान २० भदौ । भगवान पनि कहिलेकाहीँ कति निष्ठुर बनिदिन्छन्  भनिन्छ जहाँ पातलो हुन्छ, त्यहीँ छिर पर्छ  यस्तै नियति भोगेको छ, छत्रेश्वरी गाउँपालिका ३ मजाउलिउलाका गणेशको परिवारले ।

गरिबीको झुपडीभित्र पनि गणेश र उनकी श्रीमतीले एउटा सुन्दर सपना बुनेका थिए आफ्ना दुई नाबालक छोरा र एक छोरीलाई राम्रोसँग पढाउने, हुर्काउने र उनीहरूको उज्ज्वल भविष्य बनाउने  तर त्यो सपना पूरा हुन नपाउँदै २७ बर्षको उमेरमा गणेशको जीवनको यात्रा  सडकको विचमै टुंगिएको छ ।

परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सुरुमा गणेश आफैं विदेश जाने तयारीमा थिए  तर मेडिकल परीक्षणमा ‘अनफिट’ भएपछि विदेश जाने उनको योजना रोकियो  त्यसपछि श्रीमतीलाई विदेश पठाउने निर्णय भयो ।

घरका नाबालक छोरा छोरीलाई हजुरबा हजुरआमाको जिम्मा लगाएर श्रीमती वैदेशिक रोजगारीमा गइन  गणेश भने रोजगारीको खोजीमा नेपालगञ्ज पुगे  त्यहाँ उनले ईभी गाडी चलाउन थाले  कमाइ ठूलो थिएन, तर जसोतसो परिवारको गुजारा चलिरहेको थियो ।

उता विदेशमा रहेकी श्रीमतीले केही पैसा कमाउँदै थिइन  यता गणेशले गाडी चलाएर कमाएको पैसाले छोराछोरीको विद्यालय शुल्क तिर्ने, कपडा किनिदिने, कापी कलम जुटाइदिने र घरखर्च चलाउने गर्थे ।गरिबी थियो, अभाव थियो  तर भविष्यप्रतिको आशा भने मरेको थिएन ।

विदेशमा रहेकी श्रीमतीसँग फोनमा कुरा गर्दा गणेश आफ्नो एक्लोपन पोख्थे  श्रीमती र छोराछोरीबाट टाढा बस्दाको पीडा सुनाउँथे  ‘छिट्टै घर आउनू’ भन्थे  श्रीमती पनि अबको करिब दुई महिनापछि घर फर्किने बताउँथिन  त्यही आशामा गणेश दिन गन्दै थिए श्रीमती आउने दिन, परिवारसँग फेरि भेट हुने दिन  तर नियतिले अर्कै फैसला गरिसकेको रहेछ ।

केही दिनअघि गणेशले आफ्नो टिकटकमा एउटा भिडियो पोस्ट गरेका थिए  त्यसमा उनले लेखेका थिए  ‘समय पुगेपछि सासले त छोडेर जान्छ भने, जिन्दगीको गोरेटोमा भेटिएका मान्छेहरूको के आशा ?’सायद त्यो एउटा सामान्य अभिव्यक्ति थियो तर अहिले त्यही शब्द उनको जीवनसँग जोडिएको पीडादायी सत्य बनेको छ।

भदौ १९ गते करिब बिहान  ३ : ३० बजे  काठमाडौं बाट नेपालगन्ज तर्फ आउदै गर्दा पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने क्षेत्रमा रोकिराखेको ट्रकमा गणेश सवार गाडी ठोक्कियो  दुर्घटनामा गणेशको मृत्यु भयो भने गाडिमा सवार अरु पेसेन्जर घाईते भए ।

श्रीमती विदेशमा  घरमा दुई छोरा र एक छोरी अनि छोराछोरीलाई बाबुको मायामा हुर्काइरहेका हजुरबा–हजुरआमा  गणेशको शव अहिले नवलपरासीस्थित जिल्ला अस्पतालमा राखिएको छ  उनका बुवा, आमा तथा आफन्तहरू शव बुझ्न त्यहाँ पुगेका छन  सबैभन्दा हृदयविदारक अवस्था भने उनका नाबालक छोराछोरीको छ बाबुको मृत्युको खबर सुनेपछि उनीहरू पटक–पटक बेहोस हुने गरेका छन उमेरले जीवन र मृत्युको अर्थ बुझ्ने अवस्थामा नभएका ती बालबालिकाले बाबु अब कहिल्यै नफर्किने कुरा कसरी बुझून् ? उनीहरूको एउटै प्रश्न छ ।

‘अब हामीलाई खानेकुरा कसले ल्याइदिन्छ ? कपडा कसले किनिदिन्छ ? कापी कलम कसले किनिदिन्छ ?’ उता, श्रीमान्को मृत्युको खबरले विदेशमा रहेकी गणेशकी श्रीमती भावविह्वल बनेकी छन्  केही महिनापछि श्रीमानसँग भेटेर परिवारसँगै बस्ने सपना देखेकी उनी अहिले श्रीमान्को अन्तिम संस्कारका लागि विदेशबाट नेपाल फर्किँदैछिन् ।

एकातिर  शव पर्खिरहेको परिवार, अर्कोतिर बाबुको मृत्यु स्वीकार्न नसकेका नाबालक छोराछोरी र विदेशबाट श्रीमान्को अन्तिम अनुहार हेर्न फर्किँदै गरेकी श्रीमती  गरिबीले बनाएको त्यो सानो संसारमा धेरै ठूलो सपना थियो  सपना पूरा गर्न श्रीमान–श्रीमती अलग भए  श्रीमती विदेश गइन श्रीमान नेपालमै बसेर छोराछोरीको भविष्यका लागि संघर्ष गरिरहे  तर परिवारको उज्ज्वल भविष्य बनाउने सपना बोकेर दौडिएका गणेश आफैं भने बाटोमै अस्ताए ।

अब उनका नाबालक छोराछोरीले बाबुको हात समातेर विद्यालय जाने छैनन बाबुसँग बसेर नयाँ कपडा माग्ने छैनन कापी कलम किनिदिन आग्रह गर्ने छैनन बाँकी रहनेछ त केवल बाबुको सम्झना, अधुरो सपना र कहिल्यै पूरा नहुने पर्खाइ ।

प्रकाशित मिति : २०८३ भाद्र २० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।